images
images
  • आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, हिमाली क्षेत्रमा हिमपात हुने

    काठमाडौँ – हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली भइरहेको छ भने दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

    प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    मंगलबार प्रदेश १ , बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको को सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images