images
images
  • सुर्खेतबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २९ जना घाइते, ३ जना गम्भीर

    काठमाडौं । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर पठाइएको छ ।

    “चालक दलका चारजना सहित ३९ जना सवार रहेको बस पट्टा भाँचिएर दुर्घटना भएको हो,” जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले भने ।

    सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस गएराति लमही नगरपालिका–३ मा साढे दुई बजे दुर्घटना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images