images
images
  • मंसीर २८ गतेसम्म नेपालले एमसीसी अनुमोदन नगरे अन्यत्रै लेजाने अमेरीकाको अलिटमेटम !

    काठमाडौं- अमेरीकाले आगामी मंसीर २८ गते सम्म एमसीसी टुंगो नलगाए यो परियोजना अन्यत्र लैजाने अल्टिमेटम दिएको छ ।

    नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले लिने कि नलिने भन्ने यही मंसिर २८ गतेसम्म टुंगो गर्न समयसीमा दिएका छन् ।

    त्यतिन्जेलसम्म नेपालले टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने उनले बताएका छन् । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको आजको भेटमा सहायक विदेशमन्त्री लुले समयसीमा तोकेर एमसीसीबारे निर्णय गर्न आग्रह गरेका छन् ।

    भेटमा अध्यक्ष प्रचण्डले एमसीसी बारे नेपालमा बहस चलिरहेको बताएका थिए । यस अघि लु ले प्रधानमन्त्री शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर एमसीसीका बिषयमा धारणा माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images