images
images
  • प्रधानमन्त्री देउवा एमालेको १०‍औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने

    काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १०‍औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।

    देउवालाई महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली निमन्त्रणा दिन बालुवाटार पुगेको थियो । उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका हुन् ।

    ‘म आइहाल्छु नि। तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ रु म आउँछु निु,’ प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने ।

    एमालेको १०औं महाधिवेशन मंसिर १०-१२ गतेसम्म चितवनमा हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images