images
images
  • प्रचण्डको नजरमा बाबा रामदेव ‘ क्रान्तिकारी’व्यक्ति

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् ।

    काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेका हुन् ।

    पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुरुसुरुमा लाग्थ्यो उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला, अलि बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदोरहेछ । रामदेवले आरोग्यबाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भुमिका रहेको बताए ।

    समाजलाई निरोगितातिर लैजाने अभियानको नेतृत्व गरेको र आरोग्यताबाट उद्योग सञ्चालनतर्फ उत्पादन वृद्धिको अभियान सञ्चालन गरेको भन्दै प्रचण्डले रामदेवको प्रशंसा गरे ।

    बिहीबार बेलुका खुमलटारस्थित निवासमा रामदेवसँगको भेटमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिमा कसरी क्रान्ति ल्याउन सकिन्छ भनेर छलफल गरेको जानकारी पनि प्रचण्डले दिए । बिहीबार बेलुकी योग गुरु रामदेव र आचार्य बालकृष्ण खुमलटारस्थित निवासमा पुगेर प्रचण्डलाई भेटेका थिए ।

    आस्था र पतन्जली टेलिभिजन उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन भन्दै रामदेव र आचार्य बालकृष्ण नेपाल आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images