images
images
  • राष्ट्रिय सभा निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोकेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।

    राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।

    संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images