नेपाल-खनाल समुहलाई कारवाही गर्ने एमालेकाे तयारी, कारवाही हुने काे-काे ? (नामसहित)

नेपाल-खनाल समुहलाई कारवाही गर्ने एमालेकाे तयारी, कारवाही हुने काे-काे ? (नामसहित)

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ ८ गते शनिवार ०४:३८

काठमाडौं । नेकपा एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ । खनाल(नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही...

काठमाडौं । नेकपा एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ ।

खनाल(नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

उनले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी दिए । संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री दाबी गर्ने क्रममा खनाल(नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।

खनाल नेपाल समूहका २६ सांसदसहितको हस्ताक्षर लिएर कांग्रेस सभापति देउवाले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आफ्नो दाबी पेस गरेका थिए । उनीहरुलाई स्पष्टीकरण सोध्ने तयारी भएको हो ।यता

नेपाल पक्षका स्थायी कमिटी सदस्य बेदुराम भुसालले यसअघि ओलीलाई संसदमा विश्वासको मत नदिने सांसदहरु नै देउवाको पक्षमा हस्ताक्षर गर्नेहरु रहेको बताए । विश्वासको मत नदिएका तीन सांसदले भने हस्ताक्षर नगरेको उनले बताए । ‘विश्वासको मत नदिएकामध्ये तीन सांसदले हस्ताक्षर गर्नुभएको छैन । जसमध्ये योगेश भट्टराई, जयकुमार राई र कलिला खान रहनु भएको छ ।

कलिला खान काठमाडौं बाहिर भएको भएर हस्ताक्षर गर्नुभएन,’ भुसालले भने । भट्टराईले माधव नेपाल प्रधानमन्त्री हुने भएमात्रै हस्ताक्षर गर्ने बताएपछि उनको नाम हटाइएको थियो भने राईले शुक्रबार बिहानको छलफलमा आफूले हस्ताक्षर नगर्ने नेताहरुलाई बताएको भुसालले जानकारी दिए ।

देउवाको पक्षमा राईको पनि हस्ताक्षर भएको तर उनले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै विज्ञप्ति निकालेको पत्र सार्वजनिक भएको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका राजबहादुर बुढाले भने देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

देउवाको पक्षमा हस्ताक्षर गर्ने नेपाल-खनालका २६ नेताकाे नामावली

१. झलनाथ खनाल २. पवित्रा निरौला खरेल ३. भवानी खापुङ ४. राजबहादुर बुढा ५. यज्ञराज सुनुवार ६. गणेश पहाडी ७. विरोध खतिवडा ८. कृष्णलाल महर्जन ९. माधवकुमार नेपाल १०. जीवनराम श्रेष्ठ ११. नारायण खतिवडा १२. घनश्याम भुसाल १३. गोकर्ण विष्ट १४. सोमप्रसाद पाण्डे १५. मेटमणी चौधरी १६. झपट रावल १७. भीमबहादुर रावल १८. दिपकप्रकाश भट्ट १९. सुरेन्द्र पाण्डे २०. रामकुमारी झाँक्री २१. सरला यादव २२. पुष्पाकुमारी कर्ण २३. कल्याणी खड्का २४. निरादेवी जैरु २५. लक्ष्मीकुमारी चौधरी २६. मुकुन्द न्यौपाने

प्रकाशित मिति २०७८ जेठ ८ गते शनिवार ०४:३८
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia