सरकारले संसद् भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि संघीय संसद्को मध्यावधि निर्वाचन मिति सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार राति बैठकले संसद् भंग गरी राष्ट्रपतिसमक्ष चुनाव मिति सिफारिस गर्ने निर्णय गरेसँगै अहिले यसको आलोचना भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका नेताहरुले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् ।
उनीहरुले सांसदरुको हस्ताक्षरसहित प्रधानमन्त्रीको दावी गर्दा गर्दै हतारमा संसद विघट गर्नु संविधानको चरम दुरुपयोग भएको प्रतिmक्रिया दिएका छन् । यता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मध्यावधि निर्वाचनको मिति घोषणा कोरोना महामारीमा जनतालाई निर्मम उपहार भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको मिति घोषणा भएपश्चात प्रवक्ता शर्माले मध्यरातमै ट्वीट गर्दै यसमा आफूहरूको जीत हुने दावी गरेका छन् ।उनले भनेका छन्, ‘जनता पछि होइन अघि हुनेछन्,हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ ।’
उनले आफूहरूले संविधानलाई पुनर्जीवन दिने समेत दावी गरेका छन् ।यसअघि उनले संविधानको सामुहिक बलात्कारको दुष्परिणाम राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई महंगो पर्ने बताएका थिए ।
बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्