images
images
  • महाधिवेशन उद्घाटनमा पाँच लाख मान्छे उतार्ने एमालेको तयारी, पहिलो पटक विद्युतीय मतदान

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको तयारी तीब्र बनाएको छ । १०-१२ मंसिरमा चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यवस्थापनका कार्य सुरु भएको छ । उद्घाटनमा झन्डै ५ लाख नागरिकको सहभागिता हुने एमाले नेताहरूले आँकलन गरेका छन् ।

    जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेका अनुसार नारायणी किनारमा मञ्च बनाएर महाधिवेशनलाई भव्य बनाउने र पाँच लाख मानिस उतार्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।

    जसअनुसार चितवनबाट ७५ हजार, नवलपुरबाट ५० र लुम्बिनी प्रदेशबाट ७५ हजार मानिस उतार्ने लक्ष्यसहित वडा तहमा जनपरिचालन गरेको एमालेले देशैभरबाट पाँच लाख मान्छे उतार्ने तयारी गरेको हो ।

    १० गते उद्घाटन भएपछि ११ गते सौरहामा बन्दसत्र आयोजना हुनेछ । एमालले निर्वाचन प्रक्रिया भने १२ मंसिरबाट मात्रै सुरु गर्नेछ । एमाले महाधिवेशनमा पहिलो पटक विद्युतीय मतदान हुन लागेको हो । एमालले १९ सय प्रतिनिधिलाई मतदानबारे चितवनमा नै तालिमसमेत दिँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images