images
images
  • संसद विघटन : विपक्षी दलहरुको कडा आलोचना, पदीय मर्यादाको चरम दुरुपयोग गरेको प्रतिक्रिया , निर्वाचन हुनै नसक्ने तर्क

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयप्रति विपक्षी दलहरुले कडा आलोचना गरेका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका नेताहरुले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् ।

    उनीहरुले सांसदरुको हस्ताक्षरसहित प्रधानमन्त्रीको दावी गर्दा गर्दै हतारमा संसद विघट गर्नु संविधानको चरम दुरुपयोग भएको प्रतिmक्रिया दिएका छन् ।

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाा पूर्व नियोजित षड्यन्त्र श्रृखलाको क्लाइमेक्स भएको बताएका छन् । उनले कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताए ।

    कोरोना महामारीको तेस्रो लहरको आंकलन सुरु भएको बेला कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको उनको तर्क छ । प्रवक्रा शर्माले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गरे ।

    संविधानको धारा ७६९५० ले सांसदले गर्ने हस्ताक्षर र प्रस्ताव गर्ने विकल्पबारे बोल्ने भन्दै उनले कारबाही चेतावनीको पत्रलाई आधारमा मानेर राष्ट्रपतिले सांसदको हक छिन्न संविधानले नदिएको जिकिर गरे ।

    यस्तै नेपाली कांग्रेकै नेता रमेश लेखकले प्रधानमन्त्री पदका लागि दावी नपुगेको भन्दै लिएको निर्णय संविधानविपरीत भएको आरोप लगाएका छन् । नेता लेखकले शितलनिवासको निर्णयले राष्ट्रपति स्वयंले पदको मर्यादा र गरिमालाई समाप्त पारेर संविधान च्यातेको प्रतिक्रिया दिएका छन् ।

    सांसदहरुको हस्ताक्षरको सनाखतसमेत नगरी राष्ट्रपतिबाट षडयन्त्रमूलक काम भएको नेता लेखकले बताए । उनले राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दूरुपयोग गरेको उनको आरोप छ ।

    कांग्रेकै नेता डा। शेखर कोइरालाले राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको बताएका छन् । उनले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताए ।

    यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मध्यरातमा लोकतन्त्रको डकैती भएको प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको निर्णयलाई मध्यरातमा डकैती गरेको प्रतिक्रिया दिए ।

    सरकारले संसद् भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि संघीय संसद्को मध्यावधि निर्वाचन मिति सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संसद् भंग गरी राष्ट्रपतिसमक्ष चुनाव मिति सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images