प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन

प्रतिनिधिसभा विघटन,  कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ ८ गते शनिवार १२:२६

काठमाडौं। सरकारले संसद् भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि संघीय संसद्को मध्यावधि निर्वाचन मिति सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार राति बैठकले संसद् भंग गरी राष्ट्रपतिसमक्ष चुनाव मिति सिफारिस गर्ने निर्णय गरेको...

काठमाडौं। सरकारले संसद् भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि संघीय संसद्को मध्यावधि निर्वाचन मिति सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार राति बैठकले संसद् भंग गरी राष्ट्रपतिसमक्ष चुनाव मिति सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष पेस गरेको दाबी खारेज भएपछि नयाँ निर्वाचनको ढोका खुलेको हो।

शुक्रबार मध्यरातमा बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

संविधानको धारा ७६ (७) मा लेखिएको छ, ‘ उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ।

प्रकाशित मिति २०७८ जेठ ८ गते शनिवार १२:२६
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia