images
images
  • देशभर जाडो बढ्दै, आजको मौसम कस्तो रहला ?

    काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ ।

    बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ। बिहीबार पनि देशको पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहने छ।

    शुक्रबारदेखि भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images