images
images
  • बहिष्कार गरिरहेका ६ न्यायाधीश फर्किए इजलासमा

    काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका १८ मध्ये ६ न्यायाधीश इजलास फर्किएका छन् ।

    न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएका हुन् । श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ । तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ ।

    प्रकाश ढुंगाना र कुमार चुडालको इजलासले भने एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ । नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशसँग छलफल गरिरहेका बेला ६ जना न्यायाधीश इजलास फर्किएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images