images
images
  • प्रधानन्यायाधीशको च्याम्बरमै धर्ना दिने बारको चेतावनी

    काठमाडौं – आन्दोलनरत नेपाल बार एसोसिएसनले आफूहरूको माग सम्बोधन नभए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको च्याम्बरमै पुगेर विरोध जनाउने बताएको छ ।

    दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वोच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ । सोही क्रममा मंगलबार धर्नालाई सम्बोधन गर्दै बार महासचिव लिलामणि पौडेलले बारको कुरा नसुन्ने हो भने प्रधानन्यायाधीशकै कुर्सीमा पुगेर धर्ना दिने चेतावनी दिए ।

    इजलासमा फर्किने तयारी गरेका न्यायाधीशलाई खबरदारी गर्दै उनले आन्दोलन असफल पार्ने कदम नचाल्न चेतावनी पनि दिए । ‘बारको आन्दोलन समग्र न्यायाधीश र सेवाग्राहीका लागि हो । न्यायका लागि हो । त्यसकारण न्यायाधीशले साथ दिनुपर्छ । विपक्षमा गएर विरूद्वमा नलाग्नुस्’, महासचिव पौडेलले भने ।

    जबरालाई बहिर्गन हुन पुनः अनरोध गरेका उनले अन्यथा सडकमा जाने र कार्यसमिति बैठक बसेर थप आन्दोलन कार्यक्रम तय गरिने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images