images
images
  • मुगुको गमगढी बजारमा आगलागी, १७ घर र तीन घुम्ती पसल जलेर नष्ट

    काठमाडौं । मुगु सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । आगलागीमा १७ घर र तीन घुम्ती पसल जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ ।

    गए राति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी शुरु भएको जनाइएको छ । सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

    गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ । आगलागीमा मानवीय क्षति भएको छैन । धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको डिएसपी भट्टराईले बताए । आगलागीमा मानवीय क्षति भने भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images