images
images
  • नेपाल प्रहरीका आठजना एसपी एसएसपी बढुवाका लागि सिफारिस

    काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

    प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपरे उनीहरु स्वतः बढुवा हुनेछन् ।

    गृहमन्त्रालयले सुन तस्करी प्रकरणमा मुछिएर मुद्धा खेपेका तर केही समयअघि सफाई पाएका एसपी विकासराज खनालसहित आठजनालाई बढुवा सिफारिस गरेको हो ।

    बढुवा सिफारिस हुनेहरुमा सुदिपराज भण्डारी, अनुरागकुमार द्विवेदी , राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टिकाबहादुर केसी, ध्रुबराज राउत र भोलाबहादुर रावल रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images