images
images
  • ओखलढुंगामा तीर्थालु बोकेको बोलेरो दुर्घटना: ४ को मृत्यु, १४ जना घाईते, ४ को अवस्था गम्भिर

    काठमाडौं ।ओखलढुंगामा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ ।

    सोमबार बिहानै चम्पादेवी ककनी दर्शन गर्दै एकादशी मेला भर्न जाने भक्तजन बोकेको प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका ९ को सिकारीडाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

    मृत्युहुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेकी ३५ बर्षिया मिठुमाया मगर, सोही ठाउँकी अन्दाजी १७ बर्षिया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए । थप एक जनाको उपचारको क्रममा ज्यान गएको भनिए पनि उसको मृत्युको पुष्टि हुन र पहिचान खुल्नबाँकी रहेको प्रहरी प्रमुख काफ्लेको भनाई छ ।

    १८ जना सवार बोलेरोमा सडकबाट करिब ६ सय मिटर तल झरेको छ । दुर्घटनामा अन्य १४ जना घाईते भएको र घाइते मध्ये ४ जनाको अवस्था गम्भिर छ ।

    दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हलिकप्टर मार्फत काठमाण्डौ पठाईएको सुनकोशी ९ का वडाअध्यक्ष झनककुमार कार्कीले बताए । दुर्घटना लगतै प्रहरी चौकी कोषहाट र स्थानीयले घाइतेहरुको उद्दार गरेका थिए । अन्य घाईतेहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

    जिल्लाको सुनकोशी गाउँपालिका ९ र चम्पादेवी गाउँपालिका ९ को सिमानामा पर्ने ककनी मन्दिरमा वर्षेनी भक्तजनको भिड लाग्ने गरेको छ । एकादशीको अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुंगा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बु लगायतका स्थानबाट भक्तजनहरु आउने गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images