images
images
  • पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन, मूल्यवृद्धि फिर्ता लिन माग

    काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।

    ग्यास सिलिन्डर बोक्दै सत्तारुढ दलको भातृ संगठनसहितको विद्यार्थी युनियनले विरोध प्रदर्शन गरेको छ। विद्यार्थीहरूले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ ?, गरिब जनताको घरमा म कसरी बल्ने ?, मलाई बल्न देउ’, लेखिएको थियो ।

    सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ । सरकारले केहीदिन अघिमात्रै पेट्रोल र डिजेलमा ३-३ रुपैयाँ बढाएको थियो। यस्तै, ग्यास सिलिन्डरमा पनि ७५ रुपैयाँ बढाएको थियो।

    20211114152105 0

    20211114152105 2

    20211114152105 3

    20211114152105 5

    प्रतिक्रिया दिनुहोस्
    images
    images