images
images
  • मुस्ताङमा हिमपहिरो सचेत रहन प्रशासनको आग्रह (तस्बिरसहित)

    काठमाडौँ – मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खसेको छ । आइतबार बिहान मानापाथी हिमालबाट खसेको पहिरोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ ।

    हिमपहिरोबाट बच्न भागदौड गर्ने क्रममा १ शिक्षक र ६ जना विद्यार्थी घाइते छन् । बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार पहिरोले बस्तीमा कुनै क्षति पुर्‍याएको छैन ।

    हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको बताइएको छ । हिमपहिरो गएको क्षेत्रमा भने स्थानीय भीमप्रसाद थकाली र सकेन्द्र गौचनका गरी १ सय ३० वटा चौरी थिए । ती चौरीबारे यकिन जानकारी भने नआएको स्थानीयहरूले बताएका छन् ।

    ‘त्यस क्षेत्रमा हामी दुई जनाको गोठ थियो । चौरीहरू हिमपहिरोमा परे । कति बाँचे कति मरे केही अत्तोपत्तो छैन’ थासाङ गाउँपालिका २ नाउरीकोटका चौरीपालक किसान सकेन्द्र गौचनले भने, ‘केही चौरी त पारी पाखामा देखिएका छन्। अरु चौरीबारे जानकारी आएको छैन ।’

    थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले स्थानीय किसानहरू हिमपहिरोबाट प्रभावित हुनसक्ने बताएकी छन् । पहिरोबाट चौरी गोठ तथा गोठालाहरूलाई क्षति भएको आकलन गरिएको उनले बताइन् ।

    अहिले प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनाबारे बुझ्न त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । मानवीय क्षतिको विवरण आएको छैन । घरपालुवा जनावरहरू परे कि भन्ने छ । प्रहरी खटाएका छौं,’ मुस्ताङका सीडीओ  शर्माले भने, ‘पहिरो थप खस्नसक्ने भएकाले सचेत रहन भनेका छौं ।’

    पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्‍ने थासाङ गाउँपालिकाकी उपाध्यक्ष शेरचनले बताइन् । यद्यपि घटनाको थप विवरण आउन बाँकी नै रहेको उनले बताइन् । घटना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको थियो ।

    पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्‍ने उपप्रमुख शेरचनले बताइन् । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् । घट्ना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको हुनसक्ने उनले बताइन् ।

    avalnch 14112021094558 1000x0 3

    thumb 1 1

    mustang 14112021094452 1000x0 2

    तस्बिर : ईश्वर  शर्मा

    प्रतिक्रिया दिनुहोस्
    images
    images