images
images
  • रोल्पा जिप दुर्घटना : मृत्यु हुनेको पहिचान खुल्यो

    रोल्पा – रोल्पामा आइतबार बिहान भएको यात्रुवहाक जिप दुर्घटनाका मृतकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा जिप धनी एवं चालक माडी गाउँपालिका–६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्ती, सोही स्थानकी ४५ वर्षीया चौसरा विक र मिसिडाँडाका वर्ष ५५ का टेकबहादुर पुन ९टंकलाल० छन् ।

    उनीहरूको घटनास्थल मै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार सोही घटनामा विना घर्ती, लिला पुन र पञ्चना कामी घाइते भएका छन् ।

    माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images