images
images
  • बालकृष्ण ढुंगेल एमालेको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    काठमाडौं- तत्कालीन माओवादी नेता तथा संविधानसभा सदस्य बालकृष्ण ढुंगेल नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

    ढुंगेल अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कूल विभागबाट ढुंगेल दशौं महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन् ।

    उनी द्धन्द्धकालीन मुद्दाका कारण सर्वस्वसहित जन्मकैदको सजाय खेपेर चर्चामा आएका थिए ।

    ओखलढुंगा जिल्लाबाट २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल हाल एमालेको प्रदेश १ को प्रदेश कमिटी सदस्य छन् । ढुंगेल गत वर्ष नेकपा विभाजन भएपछि प्रचण्डलाई छाडेर केपी ओली पक्षमा उभिएका थिए ।

    उनले ओखलढुंगाबाट निर्वाचित जनप्रतिनिधिसहित कार्यकर्ताहरु समेत माओवादीबाट एमालेमा लिएर गएका थिए ।

    ढुंगेलसँगै स्कूल विभागबाट दयालवहादुर शाही,घनश्याम कोइराला,हिमवहादुर क्षेत्री,तेजकुमारी खड्का लगायत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images