प्रेम बाँनिया/तालगाउँ
मस्र्याङ्दी नदीमा आएको बाढीको डुबानमा परेको नासों गाउँपालिका वडा नं १ तालगाउँ । गत असार १ गते बाढीका कारण गाउँ नै डुबानमा परी बगरमा परिणत तालगाउँ अहिले यहाँका जनताहरु त्रिपालमूनिबाट पुर्नवासको पर्खाइमा छन् ।
जुन दृष्य र आवाज आउँदैछ, त्यसभन्दा बढी वस्तीको पुनर्जीवन वा पुनर्स्थापनबारे न कसैको ध्यान जान सकेुको छ न कसैलाई चित्ता नै छ। काठमाडौंबाट दूर दराज मस्र्याङ्दी नदी किनारामा रहेको तालगाउँका ति पीडितको पीडामा मलम लगाउन काम न ‘संघीयता’को एउटा पुर्जा स्थानिय सरकारले नै ध्यान दिएको छ । न प्रदेश सरकार र केन्द्र सरकारले नै आवाज किन सुन्दैनन् ?
विचरा त्यहाँका पीडित जनता स्वयः आफैले बगरमा परिणत आफ्नो घरलाई हेरेर यो जाडोमा त्रिपालमूनिको बास भएको छ। गत असार १ मा मस्र्याङ्दी नदीमा आएको बाढीको डुबानमा परेको तालगाउँमा बाढीका कारण अकल्पनीय क्षति ब्यहोरेको मनाङको तालगाउँका् दर्दनाक पीडाका तस्वीरहरु ।





























विश्व खबर 


















