काठमाडौं- शिक्षाविद स्वर्गीय माधव प्रसाद मरहट्टाको प्रथम वार्षिकीको पुण्य तिथिको अवसर पारेर शुक्रबार ‘माधव प्रसाद मरहट्टा स्मृति फाउण्डेशन’ गठन गरिएको छ ।
शिक्षाविद तथा सामाजिक अभियन्ता समेत रहेका स्वर्गीय माधवको सम्झनामा उनको परिवारको पहलमा फाउण्डेशन गठन गरिएको हो । फाउण्डेशनको संरक्षकमा श्रीमती सरलादेवी मरहट्टा छिन् ।
स्वर्गिय माधवले समाजमा पुर्याएको योगदानलाई अमर बनाउने उदेश्यले फाउण्डेशन स्थापना गरिएको छोरा डा. सुमनबाबु मरहट्टाले बताए । उनका अनुसार फाउण्डेशनले १५ लाखको अक्षय कोष राखेको छ ।
उक्त फाउण्डेशन मार्फत स्वर्गीय माधवले सेवा गरेका जिल्लाहरुमा शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गर्नुका साथै सामाजिक सेवा जस्ता कार्यमा सहयोग पुर्याइने अर्का छोरा उमेशबाबु मरहट्टाले बताए ।
जीवनको लामो समय गोरखा तथा काठमाडौंका विभिन्न विद्यालयमा अंग्रेजी विषय विज्ञ शिक्षकको रुपमा अध्यापन गराएका स्व.माधवको जन्म २०१० सालमा गोरखाको साविक गोरखाली गा.वि.स. हाल गोरखा नगरपालिका-७ मा भएको थियो । उनले काठमाण्डौंको वानियाँटारमा फ्रलोरोसेन्ट मा.वि. स्थापना गरी संचालन समेत गरेका थिए ।
२०७७ कार्तिक २६ गते काठमाडौंमा माधवको स्वर्गारोहण भएको हो ।
स्वर्गिय माधव प्रसाद मरहट्टाको जीवनी
जन्म- २०१० साल , गोरखकाली गा. वि.स. हाल गोरखा नगरपालिका वडा नं ७ ,गोरखा
पिता- कविराज शेषरमण मरहट्टा
माता- मुक्त कुमारी मरहट्टा
श्रीमती – सरला देवी मरहट्टा
छोराहरु- ई. उमेश बाबु मरहट्टा , डा. सुमन बाबु मरहट्टा
छोरी – संगीता मरहट्टा
दाजुभाइ – ६ जना , दिदी बहिनी – ६ जना
ठुलो कान्छो छोरा
विद्यालय शिक्षा
शक्ति मा. वि. – एस. एल. सि. २०२५
पब्लिक युथ कलेज –आई.कम.२०२७
त्रिचन्द्र कलेज – बि. कम.- २०२९
प्राईभेट- एम.ए. (२०३२)
किर्तिपुर क्याम्पस – बि.एड. (२०३५)
व्यावसायिक संलग्नता
- मण्डली मा. वि. – छोप्राक ,(२०२८ दुई महिना), शिक्षक
- शक्ति मा. वि. ,गोरखा –(२०३०-२०३६), शिक्षक
- जनता मा. वि. ,आँपपिपल –(२०३६-२०४९), प्रधानाध्यपक
- जनशक्ति मा. वि. ,नाम्जुङ –(२०४९ – २०५२), प्रधानाध्यपक
- ज्ञान मन्दिर, सेफर्ड ईन्टरनेशनल स्कुल – विशेषज्ञ शिक्षक
- फ्लोरोसेन्ट मा. वि. ,काठमाण्डौ (२०५२ – २०७२ मसान्तसम्म) संस्थापक प्रिन्सिपल
- फ्लोरोसेन्ट मा. वि. ,काठमाण्डौ-अध्यक्ष (२०७३ – २०७७)
- साउथ वेस्टर्न स्कुल- संस्थापक अध्यक्ष
- साउथ वेस्टर्न कलेज- बोर्ड अफ डाईरेक्टर
- प्याब्सन नेपाल- सल्लाहकार
शैक्षिक आन्दोलन र सांगठानिक सहयोग
- नेपाल राष्ट्रिय शिक्षक संगठन- सल्लाहकार सदस्य – २०४३
- नेपाल राष्ट्रिय शिक्षक संगठन- गोरखा जिल्ला अध्यक्ष- २०४६
- नेपाल राष्ट्रिय शिक्षक संगठन-केन्द्रिय सदस्य- २०४७
- नेपाल राष्ट्रिय शिक्षक संगठन बरिष्ठ उपाध्यक्ष – (२०५६ – २०५९)
- अखिल नेपाल शिक्षक संगठन केन्द्रिय सदस्य – (२०४८)
- अखिल नेपाल शिक्षक संगठन – प्रथम महाधिवेशनबाट निर्वाचित सचिव (२०५२)
- शिक्षक अान्दोलमा विभिन्न जिम्मेवारी बहन गर्दै सक्रिय सहभागिता
- इङ्ग्लिश ल्याङ्ग्वेज ट्रैनिङको इन्स्ट्रक्टरको रुपमा विभिन्न जिल्लाका शिक्षकहरुलाई प्रशिक्षित
- जिल्ला शिक्षा समिति गोरखा एवं राष्ट्रिय शिक्षा समितिद्वारा पटक पटक विभुषित
- नेपाल राष्ट्रिय शिक्षक संगठनलाई मजवुुत बनाउन अन्तर्राष्ट्रिय शिक्षक संगठनका सेमिनार एवं गोष्ठीमा सहभागिता
- पेशागत रुपमा पीडित शिक्षकहरुको पक्षमा बुलन्द आवाज उठान गरि समस्या समाधानमा सकृयता
- तत्कालीन समयमा शिक्षकहरु माथि भएको प्रशासकिय दमन विरुद्धमा निडरतापूर्वक प्रस्तुत हुन सक्ने क्षमतावान व्यक्तित्वको रुपमा महत्वपूर्ण भुमिका निर्वाह
- विशिष्ट शिक्षासेवी सम्मान चयन समिति – २०६५ बाट सम्मानित
Published Books
- Practical English Grammar and Comprehension – 2044 B.S.
- Junior School Essay and Letters
- School Essay and Letters
- Vidyarthi English Workbook – Grade 9 – Co-author
- Vidyarthi English Workbook – Grade 10 – Co-author
- SLC English Model Question and Answers (Co-author) – 2057 B.S.
- Lower Secondary English Practice Book – Class 6 – Co-author
- Lower Secondary English Practice Book – Class 7 – 2005 AD – Co-author


विश्व खबर 



















