images
images
  • सर्वोच्च परिसरमा आज पनि दुई पक्षबीच धकेलाधकेल, ५ जना पक्राउ

    काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत वकिल तथा राणा पक्षधर कानून व्यवसायीबीच धकेलाधकेल भएको छ ।

    आन्दोलनरत नेपाल बार एसोसियसनका पदाधिकारीसहित अन्य कानून व्यवसायीको प्रदर्शनमा राणा पक्षधरका कानून व्यवसायीले अवरोध गर्न खोजेपछि धकेलाधकेल भएको हो ।

    सोही क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । दुई समूह विभाजन भएर झडपको अवस्था आउन सक्ने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images