images
images
  • दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति डे क्लर्कको निधन

    जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको ८५ वर्षको उमेरमा आज निधन भएको छ ।

    दक्षिण अफ्रिकाका अन्तिम गोरा राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गरेका थिए ।

    उनको नाममा स्थापित कोषले जनाएअनुसार क्यान्सरग्रस्त पूर्वराष्ट्रपति क्लर्कको आज बिहान फ्रेस्नेमा आफ्नै निवासमा निधन भएको हो । उनकी पत्नी एलिटा, छोराछोरी जान र सुसान र नातिनातिनाहरू छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images