images
images
  • दुबईबाट मलद्वारमा सुन राखेर आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ

    काठमाडौं-मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

    बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जुहेदलाई प्रहरीले आधा किलो सुनसहित नियन्त्रणमा लिएको हो ।प्रहरी र भन्सारको संयोजनमा उनको मलद्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको छ ।

    ‘मलद्वारमा लुकाएर ल्याएको रहेछ । भन्सार क्लियर गरेर बाहिर जाने बेला एराइभलको बाटोमा उनको चालढाल देखेर प्रहरीलाई शंका लाग्यो । शंका लागेर चेकजाँच गर्दा फेला परेको हो,’ विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने ।

    दुबईबाट बुधबार बिहान १०:०५ बजे फ्लाई दुबईको विमानबाट काठमाडौं आएका भारतीय नागरिक महोम्मद जुहेबलाई प्रहरीले पक्राउ गरेको हो। ‘उनी शंकास्पद रूपमा हिँडिरहेको देखेपछि हामीले उनलाई नियन्त्रणमा लिएका थियौं,’ प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले भने, ‘सुन ल्याएको थाहा पाएपछि चिया बिस्कुट खुवाएर दिसा गराएर सुन निकाल्यौं।’

    उनले नेपालमा कसको लागि सुन ल्याइदिएका थिए भन्ने खुलिसकेको छैन। बाँस्तोलाले थपे, ‘सुन अन्दाजी आधा किलो हो । प्लास्टिकसहित ५४५ ग्राम छ । भन्सारमा बुझाइएको छ । भन्सारले नापजाँच र आवश्यक कारवाही गर्छ ।’

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images