images
images
  • कैलालीमा बडुवालको हत्या गर्ने समूहले सेनाका मेजरमाथि गरेको थियो आक्रमण

    काठमाडौं-कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्यामा संग्लन समूहले आइतबार साँझ नेपाली सेनाका मेजरमाथि समेत आक्रमण गरेको खुलेको छ ।गएराति कैलालीको चिसापानीस्थित होटेल संगमका सञ्चालक नविन रावलको योजनामा खुकुरी प्रहार गरी भूपेन्द्रको हत्या गरिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

    सोही समूहले गएको आइतबार साँझ सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीमाथि पनि कुटपिट गरेको देखिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार संगम होटेलका सञ्चालकसँग विवाद हुँदा उनका छोरासहितको समूहले मेजरको निजी गाडीमा तोडफोड गरेको थियो । उनको टाउकोमा समेत चोट लागेको थियो ।

    मेजरमाथि आक्रमण गरेको दुई दिनपछि सोही समूहको योजनामा भूपेन्द्रको हत्या भएको खुलेको छ । ‘ग्याङ फाइट’ हुँदा उनको हत्या भएको खुलेको छ ।प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी बरामद गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा आठजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा संगम होटेलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेश छन् । उनका अर्का छोरा नविन फरार छन् ।अरू पाँचजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । हत्यापछि आक्रोशित स्थानीयले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।पक्राउ परेकाहरू यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images