images
images
  • हेटौंडामा ट्रक र बस जुध्दा दुईको मृत्यु, १५ जना घाइते

    काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बसमा यात्रा गर्ने १५ जना घाइते भएका छन् ।

    गए राति साढे १२ बजे जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किएका प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

    उनीहरुको उपचारका क्रममा ज्यान गएको हो । ज्यान गुमाएकाहरुको परिचय भने खुलेको छैन । घाइते भएका १५ जनाको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक पनि घाइते छन् । प्रहरी निगरानीमा उनको उपचार भइरहेको डीएसपी रिमालले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images