images
images
  • जुवाखालबाट पक्राउ परेका कांग्रेस नेता हिरासत छल्न अस्पताल भर्ना

    काठमाडौं-लक्ष्मीपूजाका दिन जुवाखालबाट पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा हिरासत छल्न बिरामी भएको नाटक गरी अस्पताल भर्ना भएका छन्। जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उनी भर्ना भएका हुन् ।

    अस्पतालको आरामदायी कक्षमा बसेर उनले छुट्न पहल गरिरहेका छन् । उनलाई भेट्न नेकपा एमालेका नेता पार्वत गुरुङ समेत अस्पतालमा पुगेका छन् ।

    नयाँबस्ती, ओलाङचुङगोला गुम्बा अगाडि सागर लामाले कोठा भाडामा लिई कौडा खेल्न लगाएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा कांग्रेस दोलखाका सभापति लामासहित १८ जनालाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको थियो । प्रहरीले जुवा अखाडाबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको थियो ।लामा दशैंअघि भएको जिल्ला अधिवेशनबाट दोलखा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनी पक्राउ परेको खालबाट प्रहरीले ६ लाख रुपैयाँ बरामद गरेको थियो । जुवा खेलाउने सागर लामा अझै फरार छन् ।

    अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । स्रोतका अनुसार कांग्रेस नेताहरुको दबाब परेपछि प्रहरीले उनलाई अस्पताल लैजाने व्यवस्था मिलाएको थियो । अस्पतालमा उनलाई उच्च रक्तचापको समस्या भएको भनिएको छ ।उनलाई छुटाउन प्रहरीमाथि दबाब परेको छ । तर उनी एक्लैलाई छाड्दा समस्या हुने भएपछि छिटो मुद्दा बुझाएर छाड्ने तयारी भइरहेको स्रोत बताउँछ ।यता लामालाई छोड्नलाई गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको दबाब आएको प्रहरी अधिकारीले विश्व खवरलाई बताए ।

    तिहारको सरकारी विदा हिजोसम्म परेकाले आज उनीसहित १८ जनाविरुद्धको जुवासम्बन्धी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । विभिन्न मुद्दामा पक्राउ पर्ने पहुँचवालाहरुले हिरासतमा बस्नुभन्दा बिरामी भएको भनी अस्पताल बस्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images