images
images
  • ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

    ताप्लेजुङ । मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिरामी लिएर सुनसरीको धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मिल्केडाँडा छेउमा दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्।

    मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको उपचारको लागी वीपी प्रतिष्ठान लैजाने क्रममा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा चालकसहित अन्य ६ जना सामान्य घाइते छन्।

    एम्बुलेन्स साँघुरो सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images