काठमाडौं-नेपाली कांग्रेस दोलखा जिल्लाका सभापति बर्मा लामा काठमाडौंको जुवाखालबाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
कांग्रेस दोलखा जिल्लाका सभापति लामासहित १८ जनालाई पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । जुवा खालबाट ६ लाख ३१ हजार नगदसहित ५२ थान कौडा बरामद गरिएको सिंहले जानकारी दिए ।
सागर लामाको फ्ल्याटमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सागर लामाले पेसेवर रुपमा नै जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी हाल फरार रहेको प्रहरीको भनाइ छ ।
लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















