images
images
  • जाजरकोटको झुल्केडाँडामा ट्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते ,अवस्था गम्भीर

    काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका- ५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको ज्यान गएको हो ।

    नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images