images
images
  • कोरोनाबाट विश्वभर ५० लाखभन्दा बढीको मृत्यु, संक्रमित कति ?

    काठमाडौं ।कोरोना भाइरस संक्रमणका कारण गएको १९ महिनामा विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको छ। महामारी सुरु भएपछिको पछिल्लो १९ महिनामा कोरोना भाइरसका कारण विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको हो।

    जोन हप्किन्स विश्वविद्यालयको अध्ययनले यस्तो तथ्याङंक देखाएको हो। कोरोनाबाट ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने समेत सो विश्वविद्यालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ।

    अमेरिकामा कारोना भाइरसका कारण ७ लाख ४५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन्। विश्व स्वस्थ्य संगठनका अनुशार कारोनाबाट मृत्यु हुनेको संख्या अहिले सार्वजनिक भएको वास्तविक तथ्याङ्भन्दा दोब्बर वा तेब्बर हुन सक्ने छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images