images
images
  • अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा दिपक खरेल

    काठमाडौं- अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको दोस्रो महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । शनिबार धुलिखेलमा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा दिपक खरेललाई चुनेको हो ।

    उपाध्यक्षमा क्रमशः दिनेश उप्रेती, शम्भु गौतम, सानु कान्छालाल वाइबा, उपाध्यक्ष (महिला) संगम भण्डारी, महासचिवमा मोहन विष्ट, कोषाध्यक्षमा यम श्रेष्ठ र सचिवमा सिरी सत्याल चुनिएका छन् ।

    यस्तै क्षेत्रिय संयोजक (मध्य पूर्व) मा दिल कुमार लामा, क्षेत्रिय संयोजक (युरोप)  कान्छाराम बुढाथोकी, क्षेत्रिय संयोजक (युएसए) नविन सापकोटा, क्षेत्रिय संयोजक (एशिया प्यासिफिक) प्रमोद खतिवडा, क्षेत्रिय संयोजक (अफ्रिका) चिरन्जिवी थापालाई चयन गरिएको छ । यसैगरि सदस्यहरुमा विजय बस्नेत, अशोक उप्रेती र उद्धवराज गौतम चुनिएका छन् ।

    22

    यसैबिच नयाँ कार्य समिति गठन पस्चात सेवा समाजले सुस्त मनस्थिति पुर्नस्थापना केन्द्र खरेलथोककी सुधा सिल्वाललाई नगद  पन्ध्र हजार सहयोग गरेको छ ।  यसअघि  कोभिड नियन्त्रण तथा सुरक्षाका लागि काभ्रे क्षेत्रका नागरिकलाई करिब ६ लाख बराबरको सुरक्षा सामाग्री वितरण गरेको आयोजकले जनाएको छ ।

    कार्यक्रममा विभिन्न विधाका विशिष्ठ ७ जना व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा सुस्त मनस्थिीति पुर्नस्थापना केन्द्र खरेलथोककी सुधा सिल्वाल, चलचित्र विकास बोर्डका कार्यकारी निर्देशन दयाराम दाहाल, साहित्यकार डा. गिता त्रिपाठी, दुई सयन्दा बढी पटक रक्तदान गर्ने अर्जुन प्रसाद मैनाली,  बरिष्ठ संगितकार सुरेशराज अधिकारी र अर्गानीक महिला उद्यमी कमला लामा रहेका छन् ।

    1 7

    प्रतिक्रिया दिनुहोस्
    images
    images