images
images
  • दोलखालाई नेपालकै पहिलो पर्यटकीय गन्तव्य बनाउन ‘भिजिट दोलखा’ अभियान सुरु

    दोलखा-गन्तव्यस्थल प्रचारकहरुलाई दोलखा भ्रमणका लागि आव्हान गर्दै दोलखा मिडिया प्रालिले अभियान सुरु गरेको छ ।

    प्राकृतिक, धार्मिक, सांस्कृतिक गन्तव्य दोलखामा घुमघाम गरेर विभिन्न मिडियाहरुमा प्रचार गर्ने व्यक्ति र समुह केन्द्रीत कार्यक्रमको शुभारम्भ मिडियाका संस्थापक अध्यक्ष राजेन्द्र मानन्धरले गर्नुभयो । गन्तव्यस्थलहरुको अवलोकन गर्ने, दृष्यहरु कैद गर्ने, रिर्पोटिङ गर्ने, लेख मार्फत उजागर गर्नेहरुसँग सहकार्य, समन्वय गर्दै दोलखा जिल्लाको विविध क्षेत्रलाई उजागर गर्ने अभियान सुरु भएको घोषणा गर्दै मानन्धरले घुमन्ते नेपालका यत्राीहरुलाई स्वागत गरे । साथै उनले दोलखाबाट प्रचारमा निस्कने साइकल यात्रीलाई विदाई गरे।

    दोलखा मिडियाले दोलखा आउने यात्रीहरुसँग फोटो ग्राफर, वृत्तचित्र निर्माता, लेखक र पत्रकारसँग अन्तरकृया गराउने र यात्रीहरुलाई सहयोगसमेत गर्ने कार्यक्रम तय गरेको छ । यसअघि नै अन्तराष्ट्रिय स्तरका फोटो ग्राफरहरु निम्तागरी वृहत फोटो प्रदशर्नी गरेको दोलखा मिडियाले ‘भिजिट दोलखा’ कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ । दोलखामा आउने यात्री टोलीलाई समन्वय र सहकार्य गर्दै आएको दोलखा मिडियाले युवाका निम्ती सम्भावना खोज्ने कार्यक्रम अन्तर्गत सामाजिक सञ्जालमार्फत यात्रा प्रचार गर्ने घुमन्ते समुहलाई दोलखाका बारेमा जानकारी गराउनका साथै यात्रा अवधिभर विभिन्न सहयोग गर्ने घोषणा गरेको छ ।

    dmc

    कार्यक्रममा दोलखा मिडिया प्रा.लि.का अध्यक्ष सुन्दर कार्कीले दोलखालाई नेपालकै पहिलो पर्यटकीय गन्तव्य बनाउन दोलखा मिडियाले कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । चरिकोटमा आयोजित भेटघाट तथा स्वागत कार्यक्रममा अध्यक्ष कार्कीले दोलखामा धार्मिक, प्राकृतिक तथा साहसिक पर्यटनको अथाहा सम्भावना रहेकोले देशकै पहिलो गन्तव्य बनाउनु पर्नेमा जोड दिए ।

    दोलखा भ्रमणमा आएको पर्यटन प्रबद्र्धक संस्था ‘घुमन्ते’ टोलीका प्रतिनिधि कञ्चन राईले केहि बर्षअघि दोलखाको कालिञ्चोकबाट शुरुवात भएको भ्रमण यात्रा देशका विभिन्न ठाउँमा पुगेर पर्यटन प्रबद्र्धन गरीरहेको बताए । यस पटकको दोलखा भ्रमणमा देउढुङ्गा र चेरदुङ मुख्य गन्तव्य रहेको बताउँदै आफूहरुलाई गरेको स्वागतप्रति आभार व्यक्त गरे ।

    कार्यक्रममा ‘घुमन्ते’ टोलीका सहभागि, मेची महाकाली पैदल यात्री अभिनय कार्की, फोटोग्राफर निकेश श्रेष्ठ, दोलखा मिडिया प्रा.लि.का कार्यक्रम संयोजक सौगात थापा लगायतले आफूहरुले पर्यटन प्रबद्र्धनका लागि गरेका कामहरुको बारेमा अनुभव जानकारी गराएका थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images