images
images
  • गृहमन्त्री खाँणले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, पार्टीको जिम्मेवारी कसलाई ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् ।

    विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएका थिए । सरकारका मुख्य सचिव शंकरदास बैरागीले विहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाएका थिए ।

    गृहमन्त्री खाँणको सचिवालयका अनुसार अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छैन । वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाँणले कार्यवाहक जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाँणले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

    माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित सरकारमा कांग्रेसले सरकारको नेतृत्वसहित दोस्रो र तेस्रो वरियता पनि आफै राखेको छ । दोस्रो वरियतामा गृहमन्त्री खाँण र तेस्रो वरियतामा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की छन् । प्रमुख सत्ता साझेदार माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेकी पम्फा भुसाललाई चौंथो वरियतामा राखिएको छ ।

    काग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई नदिएको पाइएको छ । कार्यवाहक सभापतिको जिम्मेवारी अहिलेसम्म कसैलाई दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images