• जसपा संसदीय दलको बैठक बस्दै, नयाँ सरकारबारे निर्णय लिने

    काठमाडौँ , जेठ ७ । नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ।

    बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले नयाँ सरकार गठनका सम्बन्धमा छलफल र निर्णय गर्ने छ।

    जसपाले केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीमा समर्थन गर्नेबारे बैठकमा छ्लफल र निर्णय हुने एक नेताले बताए।यो बैठकमा जसपाको उपेन्द्र यादव समूह सहभागी हुने नहुने निश्चित भैसकेको छैन।

    जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सरकारमा जाने निर्णय पार्टीले गरेको भन्दै संयुक्त वक्तव्य केही दिनअघि मात्रै जारी गरेका थिए।

    राष्ट्रपतिले ७६ (५)को सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छिन्।

    प्रतिक्रिया दिनुहोस्