images
images
  • भीम रावलले भने – राजनीति र अदालतको अवाञ्छित साँठगाँठ अन्त्य हुनैपर्छ

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरासम्बन्धी विवाद संसदले अधिकारयुक्त समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

    आफ्ना क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि प्रधानन्यायाधीश जबराले नैतिकताको बोध गर्नुपर्ने नेता रावलको सुझाव छ । साथै रावलले लोकतन्त्र रक्षाका लागि राजनीति र अदालतको ‘साँठगाँठ’ अन्त्य हुनुपर्ने बताएका छन् ।

    ‘न्याय, मर्यादा र संविधानको रक्षा गर्नुपर्ने सर्वोच्च अदालतका प्रन्याको क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि उहाँले नैतिकताको बोध गर्नु र संसदले अधिकारयुक्त समिति गठन गरी यथार्थको छानबिन गर्नुपर्छ,’ एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अवाञ्छित साँठगाँठ अन्त्य हुनैपर्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images