images
images
  • एनआरएनएमा चर्किदाे विवाद हल गर्न पुर्व अध्यक्षहरु सहमत, हप्ता दिनभित्रै समस्या समाधान गरिने

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान विवादलाई समाधान गरि जति सक्दो छिटो महाधिवेशन गर्न एक हप्ताभित्रै समाधानका बुँदा तयार पार्ने निर्णय पुर्व अध्यक्षहरुको बैठकले गरेको छ । वर्तमान अध्यक्ष कुमार पन्तसहित सोमबार बसेको पूर्व अध्यक्षहरु उपेन्द्र महतो, शेष घले,जीवा लामिछाने, भवन भट्टसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकमा एनआरएनएको भविष्य चिन्ताजनक अवस्थामा पुर्‍याउन लागिएको, झनझन बदनाम हुँदै गएको र गैरआवासीय नेपालीहरु बिचमै बदनाम हुँदा एनआरएनएको भविष्य संकटमा पर्ने हुनाले यसलाई समाधान गर्न केन्द्रिय समितिलाई परामर्श, सुझाव र सहयोग गर्ने निर्णय पूर्व अध्यक्षहरुले गरेका छन ।

    पूर्व केन्द्रिय अध्यक्षहरु तथा संरक्षक समितिले समस्या समाधानको जिम्मेवारी लिँदा केन्द्रिय समिति पुरै असफल भएको सन्देश जाने र त्यसले एनआरएनको भविष्य संकटमा पर्ने बिषयमा पनि छलफल भएको थियो ।

    एक हप्ताभित्रै सहमति, परामर्श र सुझावका बुँदाहरु तयार गरेर परराष्ट्र मन्त्रालयसमेतलाई सहमति गराउने र जति सक्दो छिटो माहधिवेशन गराउन सहयोग गर्ने निर्णय उक्त बैठकले गरेको बताइएको छ । पुर्व अध्यक्ष देवमान हिराचन काठमाडौंमा नरहेकाले चार पुर्व केन्द्रिय अध्यक्ष र वर्तमान अध्यक्ष पन्तसहितको निष्कर्ष हिराचनलाई फोन मार्फत सुनाएर छलफल गरिएको थियो ।

    पुर्व अध्यक्षहरुको यस अघिको बैठकमा शेष घले उपस्थित भएका थिएनन् । तर आजको बैठकमा शेष घले र जीवा लामिछाने दुबैले समस्याको हल यथाशिघ्र निकाल्नुपर्ने भन्दै सहमति गरेपछि महाधिवेशन छिटो हुने सम्भावना बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images