images
images
  • पहिलो हाफमा नेपाल-इरान बराबर

    काठमाडौं- एएफसी यू–२३ एसियन कप छनोटमा अहिले नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा भइरहेको छ ।

    ताजकिस्तानको दुशन्बेमा जारी खेलमा नेपालले बलियो इरानलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएको छ । पामिर स्टेडियममा जारी पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो ।

    नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी दिएका थिए । प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलमा नेपाली टोलीको कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीले समाल्ने जिम्मा दिएका छन् ।

    यस्तै डिफेण्डरमा सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ रहनेका छन् । मिडफिल्डरमा रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट छन् ।

    यता, नेपाली अट्याक लाइन मनिष डांगी र अभिषेक रिजालले छन् ।

    इरानविरुद्ध नेपालको सुरुवाती एघार :

    गोलरक्षक – अर्पण कार्की (कप्तान)

    डिफेण्डर – सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ

    मिडफिल्डर – रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट

    स्ट्राइकर – मनिष डांगी, अभिषेक रिजाल

    प्रतिक्रिया दिनुहोस्
    images
    images