काठमाण्डौ। नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अलोकतान्त्रिक ढङ्गले नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएको भन्दै नेपाली कांग्रेसले हिजो नै विरोध जनाइसकेको छ ।
आज बस्ने बैठकमा राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको विषय र नयाँ सरकारको सम्भावनाका विषयमा छलफल हुनेछ । बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र प्रभावशाली नेताहरू सहभागी हुनेछन् ।
यता राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय ‘जालसाँझी’ पूर्ण भएको भन्दै अहिले आलोचना भइरहेको छ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको २१ घण्टामध्ये आधा समय राति नै बितिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















