मुम्बई – इन्डियन प्रिमियर लिग (आइपिएल)को नयाँ टिम किन्ने सूचिमा बलिउड जोडी रनवीर सिंह र दीपिकाको नाम पनि चर्चामा आएको छ । जोडीले अंग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र अदानी समूहसँगै आइपिएलको नयाँ टिम किन्न लागेको हो ।
रनवीर र दीपिकाले शाहरुख खान, जुही चावला र प्रीति जिन्टाको सिको गर्दै क्रिकेट टिम खरिद गर्न लागेका हुन् । शाहरुख र जुही कोलकाता नाइटराइडर्सका मालिक हुन् भने प्रीति पञ्जाब किंग्सकी मालिक्नी हुन् ।
रनवीर सिंहले क्रिकेट क्लब किन्न लागेको भए पनि उनी क्रिकेट नभई फुटबलका फ्यान हुन् । अंग्रेजी क्लबका खेल पछ्याउने रनवीर बेलाबखत भने फुटबल खेलिरहेका भेटिन्छन् ।
उता दीपिका भने ब्याडमिन्टनकी खेलाडी हुन् । रनवीरले क्रिकेट खेलाडी कपिल देवको जीवनीमा आधारित ‘८३’मा काम गरेका छन् । सन् २०२२ मा यो फिल्म प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















