images
images
  • आजको मौसमः यी तीन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं । आज पनि देशका विभिन्न भू–भागमा बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बिहानैबाट पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश–१ र वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

    प्रदेश–१, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागले वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images