images
images
  • एमाले स्थायी कमिटी बैठक बस्दै, यी बिषयमा हुँदैछ छलफल

    काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।बैठक च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा दिउँसो ३ बजे सुरू हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    उनका अनुसार आजको बैठकमा असोज १६ र १७ गतेको विधान महाधिवेशनको समीक्षासँगै आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ ।

    एमालेको राष्ट्रिय महाधिवेशन मंसीरमा गर्ने तयारी छ । त्यसका लागि कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन हुँदैछ । आजको बैठकमा त्यसबारे पनि छलफल गर्ने तयारी छ ।

    लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभर पुर्‍याएको जनधनको क्षतिसँगै राहत र उद्धारमा सरकारको ध्यानाकर्षण गराउने एमालेको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images