images
images
  • अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    अर्घाखाँची ।

    अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

    घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images