images
images
  • रक्षामन्त्री रिजालको जङ्गी अड्डा निरीक्षणः सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा जोड

    काठमाडौं-रक्षामन्त्री डा.मीनेन्द्र रिजालले आइतबार जंगी अड्डाको निरीक्षण गरेका छन् ।

    रक्षामन्त्री रिजालले राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने बताएका छन् । साथै सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएको जङ्गी अड्डाले जनाएको छ ।

    त्यसअघि रक्षामन्त्रीलाई स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए । साथै नेपाली सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images