images
images
  • चेन्नईले चौंथोपटक जित्यो आईपीएल उपाधि, फाइनलमा कोलकाता पराजित

    काठमाडौं ।

    भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै तीनपटकको विजेता चेन्नईले चौथोपटक ट्रफी उचाल्यो । चेन्नई यसअघि २०१०, ०११ र ०१८ मा विजेता बनेको थियो ।

    दुबई इन्टरनेशनल स्टेडियममा टस गुमाएर ब्याटिङको निम्तो पाएको चेन्नईले ३ विकेटको क्षतिमा १९२ रनको विशाल लक्ष्य प्रस्तुत गर्‍यो । फाफ डुप्लेसिसले सर्वाधिक ८६ रन जोडे । मोइन अलीले ३७, रुतुराज गायकवाडले ३२ रन जोडे ।

    १९३ रनको लक्ष्य पछ्याएको कोलकाता ९ विकेटको क्षतिमा १६५ रनमा समेटियो । २७ रनले उपाधि गुमायो । कोलकाताले राम्रो सुरुवात गरे पनि मध्यतिर लय गुमायो । कोलकाताका लागि शुभमन गिलले सर्वाधिक ५१ रन बनाए । वेंकटेश अय्यर ५० र शिभम माभी २० रनमा समेटिए । अरुले दोहोरो अंक जोड्न सकेनन् ।

    प्रतियोगितामा चेन्नईका युवा ओपनर रुतुराज गायकवाडले यो सीजनमा ओरेन्ज क्याप जिते । उनी सबैभन्दा कम उमेरमा ओरेन्ज क्याप जित्ने खेलाडी बने । रुतुराजले १६ खेलमा ४५३६ को औसतका साथ ४५.३६ रन बनाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images