images
images
  • मुगुमा बस दुर्घटना २३ जनाको मृत्यु , १४ घाइतेलाई नेपालगञ्ज लगियो

    काठमाडौं ।  । मुगुमा मंगलबार भएको बस दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

    सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।

    दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बस सडकबाट साढे दुई सय मिटर तल खसेको छ । अहिले उद्दार भइरहेकाले घाइतेको संख्या बढ्न सक्ने एसपी श्रेष्ठको भनाइ छ । घाइतेमध्ये एक जनालाई आफन्तले जिल्ला अस्पताल गमगढी लगेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images