दोलखा-नेपालको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने उदेश्यले अमेरिकामा स्थापित परोपकारी संस्था सुजन परिता एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई ल्यापटप र छात्रवृत्ति प्रदान गरेको छ ।
सिन्धुपाल्चोकस्थित सन्सारी माई माविका दुई जना विद्यार्थीलाई ल्यापटप र छ जना विद्यार्थीलाई जनही २५ हजार नगदका दरले छात्रवृत्ति प्रदान गरिएको उक्त विद्यालयका प्रधानअध्यापन तेजबहादुरले जानकारी दिए ।त्यसैगरी चितवनस्थित माडी माविमा फाउण्डेशनले उपलब्ध गराएको दुई लाख ५० हजार रुपैया २० जना विद्यार्थीलाई वितरण गरिएको र बाँकी रहेको केही रकम फेरि वितरण गर्ने योजना भैरहेको उक्त विद्यालयका प्रधानअध्यापक भुपेन्द्र पौडेलले जानकारी दिए ।
चितवनमा जन्मिएका, माध्यमिक तहको शिक्षा दोलखामा हासिल गरेका सुजन न्यौपानले नेपालका शैक्षिक क्षेत्रमा सहायता गर्ने उदेश्यले फाउण्डेशनको स्थापना गरेको हो । उक्त पाउण्डेशनका नेपालस्थिति कन्ट्री डाइरेक्टर राजेन्द्र मानन्धरका अनुसार कोभिड-१९ का कारण रोकिएको सहायता कार्यक्रम फेरि सुरु भएको बताउनु भयो । उनका अनुसार हाल दोलखाको कालिञ्चोक मावि, सिन्धुपाल्चोकको सन्सारी माई मावि र चितवनको माडी मावि विद्यार्थीहरुका लागि सहायता उपलब्ध गराइदै आएको छ । भक्तपुरस्थित सविता उप्रेतीले सञ्चालन गर्नु भएको अटिजम भएका वालवालिकाको स्कुलमा कम्प्युटर ल्याप स्थापना गर्न पनि कोषले सहायता उपलब्ध गराएको छ । कोभि—१९ महामारीका कारण केही विद्यालयमा वितरण गरिने छात्रवित्ति कार्यक्रम अझै सुरु हुन छैन ।
सुजन न्यौपाने र उहाँका धर्मपत्नी परिताले स्थापना गरेको कोष एक करोडबाट सुरु भएको थियो । हाल उनका परिवार र नेपालको शैक्षिक कार्यक्रममा हातेमालो गर्नेहरुको सहभागिता वढिरहेको छ । संस्थापक न्यौपानेले विशुद्ध सामाजिक सेवा भावले स्थापना भएको कोषले नेपालमा गरिवीका चपेटा परेका वालवालिका लक्षित हुने बताउनु भयो । विद्यालयबाट प्रस्ताव आएपछि कोषको नियय पूरा भएमा विद्यालयका विद्यार्थीहरुका लागि सहायता गर्न सकिने उहाँले जानकारी दिए । यो कोष विद्यालयका लागि नभै सिधै विद्यार्थीका हातमा जाने कार्यक्रम भएको पनि उहाँले जानकारी दिए ।


विश्व खबर 



















