images
images
  • ‘प्रधानन्यायाधीको कोटा’बाट आपूर्ति मन्त्री बनेका हमालले राजीनामा दिने घोषणा

    काठमाडाैं-प्रधानन्यायाधिशकाे काेटामा मन्त्री भएकाे आराेप लागेका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने बताएका छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी उनको छ।

    हमालले स्वविवेक राजिनामा दिन लागेकाे बताएका छन् । विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका छन्। बाँके कांग्रेस पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए।

    उनी सांसद नभएपनि नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका जेठान हुन्। मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै चर्को आलोचना भइरहेको छ।

    उनी असोज २२ गते मन्त्री नियुक्त भएका थिए। हमाल मन्त्री भएपछि कानुनविदहरूले पनि विरोध गरेका थिए। हिजाे मात्रै सर्वाेच्च अदालत बार एशाेसिएशनका कानुन व्यवसायीहरूकाे भेलाले दसैं पछि न्यायालयमा देखिएकाे भागवण्डाकाे राजनीतिकाे अन्त्य गर्न आन्दाेलन समेत गर्ने बताएका थिए ।

    ‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें,’ हमालले भने, ‘आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु।’ किन राजीनामा दिन लाग्नुभयो भन्ने प्रश्नमा हमालले आफूलाई अनावश्यक विवादमा तानेकाले झन्झटमा नफस्ने बताए। ‘४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेउ भनेर दबाब पनि आएको छ, तर, राजीनामा दिन्छु।’

    निष्ठाको राजनीतिक गरेकाले मन्त्री नहुँदैमा केही फरक नपर्ने दाबी गरे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images